Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

ताहाचल, काठमाडौँ

टर्की स्थित IGA कम्पनीबाट क्षतिपूूर्ति सम्बन्धमा वै.रो. विभागको सूूचना

2019-09-19
thmb.jpg
टर्की स्थित IGA कम्पनीबाट क्षतिपूूर्ति सम्बन्धमा वै.रो. विभागको सूूचना
टर्की स्थित IGA कम्पनीमा गै पुरा अवधि काम गर्न नपाई फर्किएका कामदारहरुले क्षतिपूूर्तिका लागि यस विभागमा उजुरी गरेकोमा विभाग र पाकिस्तान स्थित नेपाली राजदुतावासको पहलमा प्राप्त भएको देहाय बमोजिमको क्षतिपूूर्ति रकम विभागमा प्राप्त भएकोले सम्बन्धित १७० जना ब्यक्तिहरु संलग्न तालिकामा उल्लिखित मितिमा सक्कल राहदानी सहित उपस्थित हुन सूूचित गरिन्छ । 
यदि सम्बन्धित ब्यक्ति विदेश गैसकेको भएमा सम्बन्धित ब्यक्तिको राहदानी (टर्कीको भिषा स्टाम्पिङको पेज टर्कीस परिचयपत्रको समेत) को प्रतिलिपि संलग्न गरी निजको श्रीमान्/श्रीमती/बुबा/आमाले आफ्नो वडा कार्यालयबाट नाता प्रमाणित गराई वडाको सिफारीस सहित उक्त रकम दावि गर्न विभागमा आउनु होला ।
यस सम्बन्धी कुनै अस्पष्टता भएमा लेखा अधिकृत पार्वती थापा (मोबाई नं. ९८५११६३०३९) सँग सम्पर्क गर्न सक्नु हुनेछ । 
Go Back

नक्सा           



कार्यालय समय           

आइतबार - बिहीवार          १०:०० - ५:००
शुक्रवार                            १०:०० - ३:००

जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
आइतबार - बिहीवार           १०:०० - ४:००
शुक्रवार                             १०:०० - ३:००

सार्वजनिक बिदाका दिन विभाग बन्द रहनेछ ।

कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित