नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

वैदेशिक रोजगार विभाग

काठमाडौं, नेपाल

सुचना
आजको मिति: Thursday, January 19th, 2017

जिटको सम्बन्धी बिस्तृत

जिटको सम्बन्धी बिस्तृत

नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको निर्देशिका बनाएको छ। १. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यो निर्देशिकाको नाम "नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६" रहेको छ। (२) यो निर्देशिका नेपालभर र कसैले नेपाल वाहिर बसी यस निर्देशिका विपरित कार्य गरेमा निजको हकमा समेत लागू हुनेछ। (३) यो निर्देशिका नेपाल सरकारले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ।२.परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा, (क) "ऐन" भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ सम्झनु पर्छ। (ख) "नियमावली" भन्नाले वैदेशिक रोजगार नियमावली, २०६४ सम्झनु पर्छ। (ग) "करार" भन्नाले कामदार प्रशिक्षार्थी र इजाजतपत्रवाला एजेन्सी वा संस्था वीच भएको करार सम्झनु पर्छ। (घ) "एजेन्सी" भन्नाले बैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिमको स्वीकृति प्राप्त भई यस कार्यक्रम अर्न्तर्गत सूचीकृत भएको एजेन्सीलाई सम्झनु पर्छ।(ङ) "संस्था" भन्नाले नेपाल उद्योग बाणिज्य महासंघलाई सम्झनु पर्छ। (च) "JITCO" भन्नाले जापान इन्टरनेशनल ट्रेनिङ्ग कोअपरेसन अर्गनाइजेसन सम्झनु पर्छ। (ज) "JITCO" भन्नाले प्राविधिक अभ्यासार्थी कार्यक्रम अर्थात् Technical Internship Programme सम्झनु पर्छ।





खोजि श्रम स्वीकृति



श्रेणी लिंक

Job Opportunities
रोजगारको अवसर

Embassy List Nepal
राजदुताबासको सूची
Embassy List of Nepal Korea Embassy List of Nepal Kuwait Embassy List of Nepal Malaysia Embassy List of Nepal Oman Embassy List of Nepal Qatar Embassy List of Nepal Saudi Arabia Embassy List of Nepal United Arab Emirates


Dofe usefu links
आवश्यक लिकंहरु
सबै हेर्नुहोस

सम्पर्क ठेगाना

नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

वैदेशिक रोजगार विभाग

काठमाडौं, नेपाल


Tel: +977-1-4782454
Fax: +977-1-4782454
Email: info@dofe.gov.np
Website: www.dofe.gov.np

यात्रा क्रम सङ्ख्या 4 4 8 3 2 1