Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

ताहाचल, काठमाडौँ

वैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु

2018-09-15
  • केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ ।
  • लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।
  • घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।
  • वैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।
  • वैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ।
  • विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।
  • वैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ ।
  • व्यवसायिक वा Visit भिसामा जानु हुदैन ।
  • जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।
  • घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।
  • वैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ ।
  • कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ ।
  • कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।
  • स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ ।
  • अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन ।
  • बेचिन वा ठगीमा पर्न सकिन्छ ।
  • आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ।
  • यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।
  • वैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।
  • वैदेशिक रोजगारको क्रममा ठगिमा परे वैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।
  • वैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा वैदेशिक रोजगार बिभाग र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।
  • आम संचार माध्यमले प्रकाशन गरेको वैदेशिक रोजगारको सूचना/ विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।
  • सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।
Go Back

नक्सा           



कार्यालय समय           

आइतबार - बिहीवार          १०:०० - ५:००
शुक्रवार                            १०:०० - ३:००

जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
आइतबार - बिहीवार           १०:०० - ४:००
शुक्रवार                             १०:०० - ३:००

सार्वजनिक बिदाका दिन विभाग बन्द रहनेछ ।

कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित