नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

वैदेशिक रोजगार विभाग

काठमाडौं, नेपाल

सुचना
आजको मिति: Tuesday, September 18th, 2018

समाचार

उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार सम्बन्धि महत्वपूर्ण सूचना

प्रकाशित मिती: २०७४-१२-२०

नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सिहदरवार, काठमाण्डौ
 
विदेशमा काम गरी फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धि महत्वपूर्ण सूचना
सूचना प्रकाशित मिति :२०७४।१२।२०
वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई यस मन्त्रालयले सम्मान गरी उनीहरुको योगदानको कदर र स्वरोजगारीमा नेपाली नागरिकलाई प्रोत्साहन गर्ने उद्येश्यले पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा उक्त सम्मानका लागि विदेशमा काम गरी फर्किएर नेपालमा उद्यम गरी आर्थिक विकासमा योगदान गरिरहेका र यस अघि उक्त कार्यक्रम अन्तर्गत सम्मानित नभएका उद्यमीहरुलाई विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७३ को अनुसूचि २ अनुसारको स्वीकृत ढाँचामा आवेदन भरी खामबन्दी गरी यस मन्त्रालयको निम्न ठेगानामा वा फाराम भरी स्क्यान गरी ईमेलमा यो सूचना प्रकाशित भएको मितिले तीस (३०) दिन भित्र दर्ता गर्नुहुन सूचित गरिन्छ । आवेदनको मापदण्ड र ढाँचा यसै सूचानाको download मा क्लिक गरी  download गर्न सकिनेछ । यो सूचना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (mole.gov.np), बैदेशिक रोजगार प्रवर्धन वोर्ड (fepb.gov.np) तथा बैदेशिक रोजगार विभाग (dofe.gov.np) को वेभसाईटबाट पनि हेर्न सकिनेछ ।
सम्पर्क ठेगानाः
रोजगार समन्वय तथा तालिम शाखा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सिहंदरवार, काठमाण्डौ ।

वेभसाईट www.mole.gov.np
ईमेल foreignemp@mole.gov.np
फोन नं ०१४२११९८४

 



खोजि श्रम स्वीकृति


श्रेणी लिंक

Job Opportunities
रोजगारको अवसर

Embassy List Nepal
राजदुताबासको सूची

Dofe usefu links
आवश्यक लिकंहरु
सबै हेर्नुहोस

सम्पर्क ठेगाना

नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

वैदेशिक रोजगार विभाग

काठमाडौं, नेपाल


Tel: +977-1-4782454
Fax: +977-1-4782454
Email: info@dofe.gov.np
Website: www.dofe.gov.np

यात्रा क्रम सङ्ख्या 1 1 0 5 9 5 4