बारम्बार सोधिने प्रश्नहरू

1. https://feims.dofe.gov.np मा लगइन गरी अनलाइन फर्म भर्नु। 2. फर्म भर्दै गर्दा आफूलाई उपयुक्त PDOT कक्षा सञ्चालन गर्ने संस्था छनोट गरी कक्षामा सहभागी हुनु। 3. फर्म भर्दै गर्दा स्वास्थ्य परीक्षण गर्ने संस्थाले तोकेको दस्तुर अनलाइन भुक्तान गरी स्वास्थ्य परीक्षण गराउनु। 4. PDOT र स्वास्थ्य परीक्षण दुवैको नतिजा प्राप्त भएपछि (३ कार्य दिन लाग्छ) उमेर अनुसार बीमा रकम अनलाइन भुक्तान गर्नु: --> १८–३५ वर्ष: रु ३७०८ --> ३६–५० वर्ष: रु ४९३१ --> ५१–६४ वर्ष: रु ९४६३ --> सामाजिक सुरक्षा कोष: रु २३०८ --> कल्याणकारी कोष: रु १५०० 5. भुक्तानी पश्चात् तल उल्लेखित कागजात स्क्यान गरी रोजेको कार्यालयमा श्रम स्वीकृतिका लागि फर्म सबमिट गर्न सक्नु: a) ९० दिनभन्दा बढी म्याद भएको पासपोर्ट b) म्याद बाँकी रहेको भिसा c) रोजगारदाता कम्पनीसँग भए/गरेको सम्झौताको प्रति d) रोजगारदाताले आधिकारिक इमेलबाट श्रम स्वीकृति गर्ने कार्यालयमा पठाएको इमेल e) स्वघोषणा-पत्र f) खाडी मुलुकको हकमा सम्बन्धित मुलुकस्थित नेपाली दूतावासले जारी गरेको प्रमाणीकरण/Attestation पत्र g) अंग्रेजी र अरबी बाहेक अन्य भाषामा लेखिएको सम्झौतापत्र/COE भए त्यसको अंग्रेजी अनुवाद (विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग वा अन्य आधिकारिक निकायद्वारा गरिएको)

"Forgot Password?" भन्ने लिंकमा क्लिकगरी प्रणालीमा देखिएको Captcha जस्ताकोतस्तै टाईप गरेर NEXT क्लिक गर्नुस। Reset using email अथवा Reset using Mobile No छान्र‍नुस् र email/Mobile No पुन: टाईप गरेर NEXT क्लिक गर्नुस्। प्रयोगकर्ताको मोवाइल/इमेलमा password reset लिंक आउने छ