वि.सं:
नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८
अन्तराष्ट्रिय श्रम बजारमा रोजगारका अवसरहरूको पहिचान तथा प्रवर्द्धन गर्ने । प्रतिस्पर्धात्मक क्षमता सहितका सीपयुक्त्त जनशक्ति विकास गरी वैदेशिक रोजगारको लाभ अधिकतम गर्ने । वैदेशिक रोजगारका समग्र चरणहरू तथा प्रक्रियालाई सरल, पारदर्शो, भरपर्दीँ, व्यवस्थित र सुरक्षित बनाउने । प्रस्थानपूर्वको चरण कार्यस्थलमा सुरक्षा पुनःएकीकरण चरण श्रम बजारमा महिला कामदाररुका सरोकारलाई संवोधन गर्दै समग्र आप्रवासन चक्रमा उनीहरुको अधिकार सुनिश्चित गर्ने । वैदेशिक रोजगार व्यवस्थापनमा सुशासनको प्रत्याभूत गर्ने । वैदेशिक रोजगार व्यवस्थापनमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्रोत परिचालन गर्दै क्षेत्रगत साभेदारिताको अभिवृद्धिबाट सहकार्यताको प्रबर्द्धन गर्ने । विप्रेषणलाई मानवीय विकास तथा उत्पादनमूलक क्षेत्रमा अधिकाधिक रूपमा परिचालन गर्ने ।
"मुलुकको जनशक्तिलाई अन्तराष्ट्रिय बजारको माग अनुरूप ज्ञान त सीप प्रदान गरी दक्ष, क्षमतावान् र प्रतिस्पर्धी श्रमशक्तिको रुपमा विकास गर्दै वैदेशिक रोजगारमा उनीहरुको प्रवेशलाई सुरक्षित, व्यवस्थित त मर्यादित बनाउने ।" लक्ष्यः “वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित र भरपर्दोे बनाउदै वैदेशिक रोजगारबाट हुने आर्थिक तथा गैरआर्थिक लाभबाट गरिबी निवारण तथा राष्ट्रको दिगो आर्थिक र सामाजिक विकासमा अधिकतम योगदान पुर्याउने ।”